एमाले जनताको पक्षमा लड्ने पार्टी हो : अध्यक्ष ओली

0

पोखरा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले परमादेशी र जनादेशीबीच लडाईं रहको बताएका छन् । 

मंगलबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले परमादेशी र जनादेशीबीच सत्य र असत्यको लडाईं भएको बताएका हुन् । 

उनले एमाले जनताको अभिमतबाट जनताको पक्षमा लड्ने पार्टी भएका समेत बताए । उनले राष्ट्र निर्माणको अभिभारा आफ्नो दलको प्राथमिकता रहेको बताए ।

उनले एमालेका कार्यकर्ता पद तथा ओहोदाका लागि नभई समाज निर्माणमा क्रियाशील हुनुपर्नेमा जोड दिए ।

उनले राजनीतिक मैदानका सर्वश्रेष्ट सिद्धान्तबाट एमाले अघि बढ्ने बताए ।

जनतालाई मनपर्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिँदै अध्यक्ष ओलीले सामाजिक न्याय र समानताका क्षेत्रमा पार्टी निरन्तर लागिरहेको बताए । 

Leave A Reply

Your email address will not be published.