दुई बर्षपछि विदेशी पर्यटकका लागि मलेसिया प्रवेश खुल्ला

0

मलेसियामा झण्डै दुई बर्षपछि विदेशी पर्यटकका लागि पनि प्रवेश खुल्ला गर्न लागिएको छ ।

आगामी अप्रिल १ देखि लागु हुनेगरी विदेशी पर्यटकलाई प्रवेष दिइने निर्णय भएको सरकारी अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।

कोरोनाभाइरसको महामारीका कारण मलेसियाले दुई बर्ष अगाडि अर्थात् सन् २०२० को मार्चदेखि पर्यटकलाई स्वदेश भित्रिन प्रतिवन्ध लगाएको थियो । कोरोनाभाइरसको महामारी कम भएको र प्रतिबन्धात्मक व्यवस्था हटाइएकोले विदेशी पर्यटकलाई पनि स्वदेश प्रवेशमा खुल्ला गर्न लागिएको हो ।

विश्वका अरु धेरै देशमा पनि महामारी कम भएको र ती देशहरुले समेत विदेशी पर्यटकलाई खुल्ला गरेकाले प्रतिवन्ध लगाइरहनु आवश्यक नरहेको अधिकारीले निश्कर्ष निकालेका हुन् ।

Leave A Reply

Your email address will not be published.