माओवादी बैठक : सहमति नजुटेपछि ५० केन्द्रीय सदस्यको नाम मात्र अनुमोदन

0

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक केही केन्द्रीय सदस्य थप गरेको छ । बत्तिसपुतलीस्थित एक पार्टी प्यालेसमा बसेको केन्द्रीय समिति बैठकमा मनोनित गर्न बाँकी ९७ जनाको नाम अध्यक्ष दाहालले प्रस्ताव गरेका थिए ।

तर, ती सबै नाममा सहमति जुट्न नसक्दा प्रस्तावित मध्य ५० जनालाई मात्रै अनुमोदन गर्दै बैठक सकिएको हो ।

केन्द्रीय सदस्य वर्षमान पुनले हाल केन्द्रीय सदस्य संख्या २९७ जना मात्रै हुने र बाँकी पछि थपिने जानकारी दिए ।

माओवादी केन्द्रमा २५ प्रतिशत बैकल्पिक केन्द्रीय सदस्य समेत हुनेछन् । ३४४ को २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य बनाउँदा त्यो ८६ जना हुन्छ ।

माओवादीले स्थानीय तहमा चुनावी तालमेलका लागि एक कार्यदल बनाउने निर्णय समेत गरेको छ ।

Leave A Reply

Your email address will not be published.