इनास युरोपको गायन र नृत्य दुवै विधामा फ्रान्स पहिलो, नृत्य तर्फ बेल्जियम दोश्रो र तेश्रो,

0

अन्तरास्ट्रिय कलाकार समाज इनास युरोपले आयोजना गरेको युरोप स्तरीय गायन एबम नृत्य प्रतियोगिता इनास फ्रान्सका प्रतियोगीहरु प्रथम भएकाछन। सनिवार सम्पन्न इनास युरोपको ११औ नृत्य प्रतियोगितामा फ्रान्सका प्रतियोगी दीपा तामांग र ८औ गायन प्रतियोगितामा फ्रान्सकै प्रतियोगी कुमार रनपहेली प्रथम भए भने गायन विधामा आशिश नेपाली जर्मनी दोस्रो र रंजिब दास पोल्याण्ड तेश्रो भएकाछन, सान्तोना पुरुस्कार सुजन मोक्तान अष्ट्रीयालाई प्रदान गरिएकोछ । नृत्यतर्फ बेल्जियमकी प्रिन्सी खनालले दोस्रो र दृष्या शर्मा तेस्रो उपाथि पाएकाछन, त्रिश्ता कडी जर्मनीलाई सान्तोना पुरुस्कार प्रदान गरिएकोछ ।

इनास युरोपद्वारा प्रथम हुनेलाई पुरस्कार स्वरुप आठ सय युरो, दोस्रो पुरस्कार पाचसय युरो, तेस्रो पुरस्कार तिनसय युरो, साथै प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो।

बेल्जियमको ब्रुजमा भएको इनास युरोपको यो प्रतियोगितामा बेल्जियम लगायत युरोपका नौ देशबाट कलाकारहरुका साथै नेपाली समुदायको सहभागिता रहेको थियो।

यस वर्षको ‘उत्कृष्ट राष्ट्रिय समिति युरोप’को उपाधि डेन्मार्कले प्राप्त गरेको छ । इनास युरोपको आगामी कम्पिटिसन अर्को बर्ष बेलायतमा हुने निर्णय भएकोछ।

रशुक्रबार र सनिबार भएको कार्यक्रमको पहिलो दिन युरोप क्षेत्रीय बैठक सम्पन्न भयो। उक्त बैठकमा युरोपस्थित राष्ट्रिय समितिहरूले प्रगति प्रतिवेदन र आगामी कार्ययोजना प्रस्तुत गरेका थिए। युरोपभरि बाट भेला भएका कलाकारहरु एबम इनास प्रतिनिधिले बिबिध बिषयमा छलफल गरेका थिए।

इनास युरोप बैठक एबम नृत्य एबम गायन प्रतियोगिताको उद्घाटन इनासका ग्लोबल अध्यक्ष अर्जुन काफ्ले, संस्थापक अध्यक्ष पुष्पकुमार बरुवाल, युरोपका संयोजकद्वय श्याम श्रेष्ठ र सुनिल गुरुङले गरेका थिए ।

प्रमुख अतिथि राजदुत लम्सालले नेपाली कला, भाषा, साहित्य र संस्कृति हाम्रो लागि उत्कृष्ट राष्ट्रिय पहिचान भएको उल्लेख गर्दै विदेशमा नेपाली पहिचान प्रवर्द्धनमा इनासले पुर्‍याउँदै आएको योगदान प्रशंशा गर्नुभयो।

इनासले नेपाली कलासंस्कृति प्रवासको दोश्रो पुस्तामामा पुर्याउन गरेको योगदानको प्रशंशा गर्दै नेपालीबीच एकता र पहिचानको पुस्तान्तरणमा महत्वपूर्ण भूमिका रहने उपस्थित नेपाली समुदायका अग्रजहरुले बताएकाछन।

दोस्रो दिन भएको गायन एबम नृत्य प्रतियोगिताको प्रमुख अतिथि बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्साल हुनुहुन्थ्यो भने बेल्जियममा सक्रिय संघ संस्थाका प्रतिनिधि एबम अबिभाबकहरुको उपस्थिति रहेको थियो । बेल्जियमकी अध्यक्ष रचना कँडेलको सभापतित्वमा सम्पन्न भयो।

युरोपमा बसोबास गर्ने नेपालीमूलका कलाकारहरुले लाखे नृत्य लगायत विभिन्न जातजाति, भाषा र क्षेत्रका लोक नृत्य, सांस्कृतिक एबम आधुनिक नृत्य प्रस्तुत गरेका थिए ।
गायन तर्फ सर्मिला बर्देवा, नारायण धिताल, खड्का न्यौपाने र तथा नृत्य तर्फ पार्वती अधिकारी, निरुप क्षेत्री, जगत खड्काको निर्णायक मण्डलले उत्कृष्ट प्रतियोगीहरु चयन गरेको थियो।

इनास युरोपको परम्परा अनुसार आगामी वर्षको युरोप–स्तरीय एकल गायन तथा एकल नृत्य प्रतियोगिता तथा क्षेत्रीय बैठक बेलायतमा आयोजना गरिने भएको छ।

कार्यक्रम अत्यन्तै सौहार्दपूर्ण, व्यवस्थित र उल्लासपूर्ण रूपमा सम्पन्न भएको आयॉजक देश इनास बेल्जियम तथा ग्लोबल र युरोप समितिका पदाधिकारीहरूले बताएकाछन।

Leave A Reply

Your email address will not be published.