चुनावी प्रचारमा जुट्दै कांग्रेस, ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने

0

काठमाडौं : नेपाली कांग्रेसले स्थानीय तह चुनावका लागि एक महिने घरदैलो अभियान सञ्चालन गर्ने भएको छ ।

कांग्रेसले यही फागुन २९ गतेदेखि स्थानीय तह केन्द्रित अभियान सञ्चालन गर्ने भएको हो ।

‘घरघर जाऔं, कांग्रेस जिताऔंं’ नाम दिइएको अभियान सञ्चालन गर्न कांग्रेसले केन्द्रीय प्रतिनिधि समेत खटाउने भएको छ ।

मंगलबार सानेपामा बसेको उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकमा सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा जुट्न प्रतिनिधिलाई निर्देशन दिएको नेता मोहन बस्नेतले बताए ।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार आजै ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय भएको हो ।

केन्द्रीय सदस्यहरूलाई जिल्ला नै तोकेर केन्द्रीय प्रतिनिधि खटाइने कांग्रेसले जानकारी दिएको छ ।

सरकारले २०७९ साल वैशाख ३० गते स्थानीय तहको निर्वाचनको घोषणा गरेको छ ।

Leave A Reply

Your email address will not be published.