उपनिर्वाचनको तयारीमा आयोग

काठमाडौँ \ निर्वाचन आयोग स्थानीय तहमा रिक्त रहेका पदाधिकारीको उपनिर्वाचन तयारीमा जुटेको छ । आयोग मङ्सिर तेस्रो साता उपनिर्वाचन गर्ने गरी आन्तरिक तयारीमा जुटेको हो । आयोगका प्रवक्ता रघुराम विष्टले निर्वाचनको मितिबारे सुझाव दिने, मतदाता…

वैदेशिक रोजगारीमा बढ्दै दक्ष श्रमिक

काठमाडौँ \ वैदेशिक रोजगारीमा दक्ष भएर जाने श्रमिकको सङ्ख्या क्रमशः बढेको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क अनुसार दक्ष भएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या क्रमशः बढेको देखिएको हो । वैदेशिक रोजगार विभागका अनुसार आव २०७८/७९ मा ४६…

देशभर वर्षा, नदी किनारका क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं \ बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मध्यमदेखि भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षा भएसँगै खोला तथा नदीहरुमा पनि बहाव बढेको छ । आज बिहान कपिलवस्तुको भगवानपुर, दाङको लालमटिया, रोल्पाको लिवाङ,…

प्रधानमन्त्री ओलीले गरे ‘ग्लोबल साउथ समिट’ लाई सम्बोधन

काठमाडौँ \ प्रधानमन्त्री केपी शर्मा ओलीले भारत सरकारद्वारा आयोजित तेस्रो शृङ्खलाको ‘ग्लोबल साउथ समिट’ को उद्घाटन सत्रलाई आज भर्चुअलरुपमा सम्बोधन गरेका छन् । यस क्षेत्रका करिब १५ राष्ट्र प्रमुख तथा सरकार प्रमुखबाट सम्बोधन भएको सम्मेलनबारे…

सोलुखुम्बुका बाढी पीडितलाई जनही ६५ हजार रुपैयाँ राहत प्रदान

सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिकाले बाढीपीडितलाई आर्थिक सहयोग गरेको छ । पालिकाबाट ५० हजार रुपैयाँ र जिल्ला दैवी प्रकोप उद्धार समितिबाट १५ हजार गरी ६५ हजार रुपैयाँ प्रदान गरिएको हो । बाढी प्रभावित क्षेत्रमा पुग्नुभएका…

१९ वर्षमुनीको विश्वकप क्रिकेट एसिया छनोट नेपालमा हुने

१९ वर्षमूनीको विश्वकप क्रिकेट एसिया छनोट नेपालमा हुने भएको छ । छनोट खेल अर्को वर्ष अप्रिल १२ देखि २१ तारिखसम्म काठमाण्डौमा हुने नेपाल क्रिकेट सङघ (क्यान) ले जानकारी दिएको छ । प्रतियोगितामा आयोजक नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र यूएई…

अमेरिकी उपविदेशमन्त्री रिचार्ड आज नेपाल भ्रमणमा आउँदै

काठमाडौँ \ भारतीय विदेश मन्त्रालयका विदेश सचिव विक्रम मिस्री फर्केको चार दिनपछि अमेरिकी विदेश मन्त्रालयका उपविदेशमन्त्री रिचार्ड आर. वर्मा आज नेपाल आउन लागेका छन् । एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली प्रधानमन्त्रीमा नियुक्त भएपछि यो…

निकुञ्जको सडक २४ सै घण्टा खुला

रसुवा \ पवित्र तीर्थ गोसाईंकुण्ड मेलालाई मध्यनजर गर्दै लाङटाङ राष्ट्रिय निकुञ्जले आफ्ना आधार इलाकाको सडक २४सै घण्टा खुला राख्ने भएको छ । निकुञ्जले एक विज्ञप्ति जारी गर्दै आजदेखि भदौ ४ गतेसम्मका लागि सडक २४सै घण्टा खुला गर्ने निर्णय गरेको हो…

बिपीनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्रीको विशेष आग्रह

गृहमन्त्री रमेश लेखकले कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँग हमासको अपहरणमा रहेका नेपाली विद्यार्थी बिपीन जोशीको रिहाइका लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुभएको छ । हिजो गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लेखकले यस्तो आग्रह…

डोटीमा बस दुर्घटना हुँदा १७ जना घाइते

डोटी \  दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना५ख ४४५१ नम्बरको बस आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल…