बेल्जियमको एन्टवेरपेन शहरमा देउसी भैलि खेल्दै तिहार पर्बको सुरुवात गरिएकोछ । युरो नेपाल कलाकार संघ (एना) बेल्जियमले आयोजनाको गरेको कार्यक्रममा बालबालिकाहरुले देउसी भैलि खेल्दै, नेपाली मौलिक गीतमा नाच्दै गाउदै तिहारको सांस्कृतिक परम्परालाई प्रस्तुत गरेका छन ।
एनाले तिहारको अबसरमा प्रत्यैक बर्ष आयोजना गर्दै आएको देउसी भैलि कार्यक्रममा आफुले संचालन गर्दै आएका न्रित्य र गायन कक्षामा तालिम प्राप्त विद्यार्थीहरु, गुरुहरु र संस्थाका पदाधिकारीहरुले देउसी भैलि संगै नेपालका मौलिक सांस्कृतिक न्रित्य र गीत देखाउने गरेकोछ ।
आईतवार भएको कार्यक्रममा लुभेन र एन्तवेरपेनमा संचालित बिद्यालयमा तालिम लिई रहेका स-साना नानीबाबुहरुले आफ्नो कला प्रस्तुत गरेका थिए ।
नेपाली पोषाकमा सजिएका तीन बर्ष देखि माथिका बाबु नानीहरुको प्रस्तुति उत्कृष्ट र भावुक बनाउने खालका थिए । युरो नेपाल कलाकार संघ बेल्जियमका पदाधिकारी र प्रशिक्षकहरुको मिहिनेत र बालबालिकाहरुको नेपाली कला संस्क्रिती प्रतिको लगाब छचल्किएको देउसी भैलि कार्यक्रमले धेरै दर्शकहरु भाबुक भएर रमाइरहेका थिए ।
नेपाल आइडलका फाइनलिस्ट एबम टिकटक गायनका बिजेता प्रितम शेर्पाको गीतमा सहभागिहरुले नाच्दै रमाइलो गरे । शेर्पालाई संस्थाले मायाको चिनो सहित सम्मान गरेको थियो ।
एनाले संचालन गरेका न्रित्य कक्षाका ६ जना प्रशिक्षिकाहरुलाई संस्थाले सोही अबसरमा सम्मान गरेको थियो ।
संस्थाका अध्यक्ष बलराम पुनले संकलन र श्वर दिएका गीतमा मौलिक नाच प्रस्तुत गरिएको थियो ।
प्रमुख अतिथिको रुपमा कार्यक्रममा उपस्थित बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी, अबिभाबकको तर्फबाट डा घनश्याम पाण्डे, पर्बत समाज बेल्जियमका अध्यक्ष नन्दा गुरुङ, नेपाली मिलन केन्द्र एन्टवेरपेनका अध्यक्ष कान्ती अधिकारी लगायतले प्रवासमा सांस्कृतिक नेपाली मौलिकता जोगाउन एनाले गरेको योगदानको कदर हुनु पर्ने प्रतिकृया दिनु भएकोछ ।
कार्यक्रममा उपस्थित अतिथी र अबिभाबकहरुलाई संस्थाका सदस्य भरत प्रशाद लामाले स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा आगामी महिना आफ्नो कार्यकाल पुरा गरि फर्किन लाग्नु भएका राजदुत राजभन्डारीलाई एना का प्रशिक्षक र पदाधिकारीहरुले मायाको चिनो प्रदान गरेका थिए ।
मुना ताम्राकार र एडिना केसीले संचालन गरेको कार्यक्रमका सभापति एबम एनाका अध्यक्ष बलराम पुनले उपस्थित अतिथी , सहभागि कलाकार बालबालिका एबम सहयोगिहरुलाई धन्यबाद ज्ञापन गरेका थिए ।