नेपाली जनसंपर्क समिती बेल्जियमको चाडपर्ब बिशेष भेटघाट र शुभकामना आदान-प्रदान कार्यक्रम,

0

नेपाली जनसंपर्क समिति बेल्जियमले चाडबाड बिशेष शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन गरेकोछ । आईतवार एन्तवेरपेनमा दशै तिहार, छठ,नेपाल सम्बत लगायतका नेपाली चाडपर्बहरुको अबसरमा भेटघाट एबम शुभकामना आदान-प्रदान कार्यक्रम गरिएको हो ।

नेपाली काङ्रेसका, संस्थापक नेता बिपी कोइरालाको तस्बिरमा माल्यार्पण, दीप प्रज्वलन र नेपाली राष्ट्रिय गीत बजाएर सुरु भएको कार्यक्रमका प्रमुख अतिथि बेनेलक्सका लागि महामहिम राजदुत गेहेन्द्र राजभन्डारी र बिशेष अतिथि एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटा हुनुहुन्थ्यो ।

बेल्जियममा सकृय संघ संस्थाका अध्यक्ष एबम प्रतिनिधिहरु र जसस बेल्जियमका पूर्व अध्यक्षहरु, एनआरएनए बेल्जियमका पूर्व अध्यक्षहरु एबम पदाधिकारीहरु र शुभचिन्तकहरु उपस्थित कार्यक्रममा शुभकामना साटासाट,खानपानका साथै समसामयिक बिषयमा बिचार ब्यक्त गरिएको थियो ।

बेल्जियममा भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा ब्रुगे नगरपालिका सदस्यमा निर्बाचित प्रज्ञा तिमील्सिना र लुभेन नगरपालिका सदस्यमा निर्बाचित सुर्य ढकाललाई संस्थाको तर्फबाट बधाई र सम्मान गर्दै कार्यकाल सफलताको शुभकामना ब्यक्त गरिएको थियो ।

सम्मान ग्रहण पछि नबनिर्बाचित नगर सदस्य तिमील्सिना र ढकालले सम्मानका लागि संस्थाप्रती आभार प्रकट गर्दै निर्वाचन प्रकृयामा सहयोग गर्ने शुभेक्षा राख्ने र मतदान गर्ने नेपालीहरुलाई धन्यबाद दिएका छन ।

कार्यक्रममा शुभकामना ब्यक्त गर्नु हुँदै प्रमुख अतिथि राजदुत राजभन्डारीले प्रवासमा नेपाली समुदायको एकता देखिने र आत्मियता बढाउने यस खाले कार्यक्रमको आयोजना गरिनु सुखद भएको बताउनु भयो । उहाले नेपालीहरुको सबल पक्ष भनेकै बिबिधता बिचको एकता र सांकृतिक सम्पन्नता भएकोले त्यसको प्रयोग गरेर युरोपमा नेपाल चिनाउन कार्यक्रमहरु गर्न आग्रह गर्नु भयो ।

एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटाले नेपाली काङ्रेसको सात दशक लामो नेत्रित्व, सहकार्य र सह-अस्तित्वमा आधारित छ भन्दै बेल्जियमको नेपाली समाजलाई एकताबद्ध गर्न सबैले सबैलाई सम्मान गर्ने,सामाजिक अस्तित्व स्विकार गर्ने गरेमा जुनसुकै सामाजिक अभियान पनि सहज हुन्छ भन्नु भयो । सापकोटाले एनआरएनए बेल्जियम समाजले दिएका हरेक राम्रा सुझाब सुनेर कार्यन्वयन गर्न तत्पर छ भन्नु भयो ।

एनआरएनए बेल्जियम र जसस बेल्जियमका पूर्व अध्यक्ष गंगाधर गौतमले बिदेशमा बस्ने नेपालीको एकता भए मात्र मातृभूमीलाई सहयोग पुग्ने हुँदा एनआरएनएलाई सबैको साझा संस्था बनाएर देशलाई सहयोग गरौ भन्नु भयो ।

एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष एबम जन प्रगतिशिल मंच युरोपका अध्यक्ष चित्र सुबेदीले शुभकामना दिदै राष्ट्रिय हितका लागि सबै पार्टी देशमा र नेपाली समुदायको उन्नतिका लागि बिदेशमा नेपाली डायसपोरा एकताबद्ध हुनु पर्छ भन्नु भयो ।

प्रवासी नेपाली मंच बेल्जियमका अध्यक्ष बिनोद न्यौपानेलेले नेपाली सांस्कृतिक बिबिधतालाई संसारले प्रशंशा गर्ने गरेकोछ भन्दै एक-अर्काका संस्क्रिती र रितिरिवाजको संरक्षण गरेर यो सम्पन्न सम्पदालाई भोलीको पुस्तामा हस्तातरण गर्ने हाम्रो कर्तब्य हो भन्नुभयो ।

नेपाली जन प्रगतिशिल मोर्चा बेल्जियमका अध्यक्ष मेख गुरुङले स्वतन्त्रता पूर्वक सबैले आफ्नो संस्कृतिको अबलम्बन गर्न पाउनु पर्छ भन्नु भयो ।

नेपाली समाजबादी संघ बेल्जियमका अध्यक्ष नेत्र मगरले युबा पुस्ताको राजनितीलाई दमन गर्न हुँदैन भन्दै सबैले समान अबसर पाए समाजमा शान्ती हुन्छ भन्नु भयो ।

नेपाली जन संपर्क समितिका पूर्व सभापति सुबाश जोशीले बिपी कोइरालाको मेलामिलापको नीतिलाई नेपाली काङ्रेसले सधैं अबलम्बन गर्ने गरेछ भन्दै प्रवासका नेपालिहरुले चाडपर्बलाई संस्कृतिको रक्षा गर्न र भाईचारा बढाउनका लागि उचित प्रयोग गर्न सक्नु पर्छ भन्नु भयो ।

नेपाली जनसंपर्क समितिका पूर्व सभापति पूर्ण तिमील्सिनाले सात दशकबाट ने^पाली काङ्रेसले नेपालको अखण्डता र नेपाली जनताको एकताका लागि नेत्रित्व गरेकोछ भन्दै बिदेशमा चाडपर्बको बिशेष महत्व हुने बताउनु भयो ।

नेपाली काङ्रेस पर्बतका पूर्व क्षेत्रीय सभापति गंगाधर पौडेलले प्रवासमा काङ्रेसका कार्यकर्ताको गतिबिधी सधैं देश हितका लागि भएको पाउदा खुशी लागेकोछ भन्दै पार्टिको कमिकमजोरिमा स्वतन्त्रता पूर्वक सुझाब दिनुहोला भन्नु भयो ।

नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले सामाजिक सद्भाब बढाउने चाड पर्बका कार्यक्रमले नेपाली डायसपोरालाई एकताबद्ध बनाउन सहयोग गर्छ भन्नु भयो ।

नेपाली जनसम्पर्क समितिका संस्थापक सभापति ध्रुबराज पौडेलले नेपाली काङ्रेसको मेलमिलापको निती अनुसार प्रबासमा पनि नेपाली समुदायमा एकता र मेलमिलाप होस् भन्नु भयो ।

कार्यक्रमको संचालन नेपाली जनसंपर्क समिति बेल्जियमका महामन्त्री प्रकाशराज गिरीले गर्नु भएको थियो भने अर्का महामन्त्री गोबिन्द सिंह आधीकारीले अतिथिहरुलाई स्वागत गर्नु भएको थियो ।

कार्यक्रमका सभापति एबम नेपाली जनसंपर्क समितिका उपसभापती बिराट जोशीले कार्यक्रममा उपस्थित अतिथि लगायत सहभागिलाई धन्यबाद दिदै संस्थाको तर्फबाट सबैलाई शुभकामना दिनु भयो ।

Leave A Reply

Your email address will not be published.