रास्वपा अध्यक्ष रबि लामिछाने पक्राउ

0

रास्ट्रीय स्वतन्त्र पार्टिका अध्यक्ष एबम पूर्व पत्रकार रबि लामिछाने गोर्खा मिडिया नेटवर्कको संचालक हुँदा सहकारिको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका छन् ।

सुर्यदर्शन लगायतका सहकारिको रकम अपचलन गरेको आरोपमा जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुरोध गरेको थियो । त्यसअनुसार ब्यूरोबाट खटिएको प्रहरी उपरीक्षक (एसपी) नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।

सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्धा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.