प्रवासी नेपाली मंच बेल्जियमको शुभकामना आदानप्रदान,

0

प्रवासी नेपाली मंच बेल्जियमले नेपाली चाडपर्बको अबसरमा भेटघाट एबम शुभकामना आदान प्रदान कार्यक्रम सम्पन गरेकोछ । आईतवार एन्तवेरपेन शहरमा आयोजना गरिएको कार्यक्रममा बेल्जियमका नेपाली समुदायमा कृयाशिल संघ संस्थाहरुका अध्यक्ष एबम पदाधिकारीहरुले आउँदै गरेका पर्बहरुको शुभकामना ब्यक्त गरे ।

नेपाल र बेल्जियमको राष्ट्रिय गीत बजाउदै पानसमा दीप प्रज्वलन गरि सुरु भएको कार्यक्रममा बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी प्रमुख अतिथि र एनआरएनए बेल्जियमका अध्यक्ष सिता सापकोटा,ओेएनएफ युरोपका सचिब सालीकराम थपलिया बिशेष अतिथिको रुपमा उपस्थित हुनु हुन्थ्यो ।

बेल्जियमको कम्युनिष्ट पार्टी पिभिडिएका ज्वेनदरेक्तका अध्यक्ष मेइके लएर र सचिब रोनी स्तेप्पे पनि नेपाली पर्बको शुभकामना दिन आउनु भएको थियो । लयरले पिभिडिएले श्रमिक र कम आयमा जीबन यापन गरिरहेका नागरिकका लागि उनिहरुको जीबनयापन सहज बनाउन निरन्तर अभियान चलाई रहेको जानकारी गराउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि राजदुत राजभन्डारीले बेल्जियमको नेपाली समुदायले भाईचारा र सामाजिक एकता बढाउने यस किसिमका कार्यक्रमहरुलाई प्राथमिकता दिएमा समाजमा शान्ती र खुशी छाउने बताउनु भयो । साथै सांस्कृतिक रुपमा धनी रहेको नेपाली कला संस्क्रितीलाई जगेर्न गर्न सहयोग गर्छ भन्नुभयो ।

एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले नेपाली समुदायका सबै चाडपर्बमा सबै नेपाली रमाउने हाम्रो मौलिक परम्परा रहेकोछ भन्दै बिदेशमा मनाइने चाडबाडले डायस्पोरालाई एकताको सुत्रमा बाढ्ने काम गरेका छन भन्नुभयो ।

एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष गंगाधर गौतम, खड्क केसी, प्रेम गुरुङ, आइसिसी सदस्यहरु हरी भट्टराई र मदन दवाडी, प्रबासी नेपाली मंच बेल्जियमका पूर्व अध्यक्ष तुलसिनाथ सुबेदी, बोधराज पौडेल, शुभकामना दिनुभएको थियो ।

त्यसै गरि पर्बत समाजबाट प्रबिना गुरुङ,नेपाली मिलन केन्द्र एन्टवेरपेनकी अध्यक्ष कान्ती अधिकारी,पसापुंचका अध्यक्ष सुर्य नारायण श्रेष्ठ, तमु समाजका अध्यक्ष होम गुरुङ,धादिङ समाजका अध्यक्ष कृष्ण न्यौपाने, सङ्रिला समाजका अध्यक्ष नारायण अधिकारी,नेपाली ब्यबसायी संघका अध्यक्ष चिरन कुमार खवास, नेपाली जनप्रगतिशिल मंच युरोपका अध्यक्ष चित्र सुबेदी, नेपाली जनप्रगतिशिल मोर्चा युरोपका सल्लाहकार बिष्णु भुजेल, नेपाली जनसंपर्क समितिका महामन्त्री गोबिन्द सिंह अधिकारी, नेपाली जनप्रगतिशिल मोर्चाका अध्यक्ष मेख गुरुङ, लगायतले शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा लुभेन नगरपालिकामा निर्बाचित नेपाली मुलका नगरपालिका सदस्य सुर्य ढकाललाई बधाई दिदै सम्मान गरिएको थियो ।

कार्यक्रमको अन्तमा अतिथि र सहभागीहरुलाई प्रवासी नेपाली मंचकी निबर्तमान अध्यक्ष चन्द्र कुमारी गुरुङ ईशाले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रमका बिशेष अतिथि प्रबासी नेपाली मंच युरोपका सचिब सालिकराम थपलियाले नेकपा एमालेका पूर्व अध्यक्ष स्वर्गीय मनमोहन अधिकारीले सुरु गर्नु भएको दसैं तिहार लगायतका चाडपर्बको अबसर पारेर गरिने शुभकामना आदानप्रदान कार्यक्रमलाई बेल्जियम समितिले पनि निरन्तरता दिदै प्रवासमा नेपाली समुदायलाई जोड्ने काम गरेकोमा धन्यवाद दिनु भयो । उहाले प्रबासमा रहेका नेपालीहरुका समस्या समाधानका लागि पहल गर्न सबै बैचारिक संस्था र एनआरएनए मिलेर काम गर्नु आबस्यक छ भन्नु भयो ।

कार्यक्रमका सभापति एबम प्रबासी नेपाली मंच बेल्जियमका अध्यक्ष बिनोद न्यौपानेले आस्थाका आधारमा नेपालका पार्टीको समर्थन बिरोध जे गरे पनि बिदेशमा सबै संघ संस्थाले मिलेर नेपाली समुदायको एकताको लागि काम गरौ भन्नु भयो । न्यौपानेले बेल्जियमको नेपाली समाजको एकतालाई बल मिलोस , आत्मियता बढोस भन्ने उद्यस्यले आयोजना गरिएको कार्यक्रममा सहभागिता जनाउनु हुने अतिथिहरु, सहयोगिहरु सबैलाई उपस्थितिको लागि धन्यबाद दिनुभयो ।

प्रबासी नेपाली मंच बेल्जियमका उपाध्यक्ष रमेश पौडेलले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको सन्चालन सचिब बुद्दी बरालले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.