अन्तर्राष्ट्रिय पर्बत समाजले चाडपर्व बिशेष शुभकामना आदान-प्रदान कार्यक्रम गर्ने,

0

आजको आवस्यकता प्रबासी पर्बतेहरुको एकता,समुन्नत समाज सम्बृद्द पर्बत निर्माण हाम्रो अभियान भन्ने मूल नारा सहित सन २०१७ मा स्थापना भएको अन्तर्राष्ट्रिय पर्बत समाजले नेपालीहरुको महान चाँड बिजया दशमी, शुभ दीपावली,छठपर्ब एबम नेपाल सम्बत ११४५ को शुभअवसरमा चाडपर्व बिशेष शुभकामना आदान प्रदान कार्यक्रमा आयोजना गर्ने भएकोछ ।

सस्थांकि नेपाल प्रतिनिधि मुना भुसालका अनुसार संसार भरी छरिएर रहेका पर्बतेली दाजुभाई दिदीबहिनिहरुलाई भेला गरि चाडबाडको रमाइलो र शुभकामना साटासाट गर्न लागिएको हो ।
सस्थांका अध्यक्ष गुणराज शर्माले जुम अनलाइनमा सम्पन्न हुने कार्यक्रम पुर्बमन्त्री एबं संघीय सांसद पदम गिरीको प्रमुख अतिथ्यतामा हुने जानकारी गराउनु भएकोछ । कार्यक्रममा पर्बतका जनप्रतिनिधि एबं प्रतिष्ठित व्यक्तित्व र अन्तर्राष्ट्रिय जगतमा छरिएर बसेका पर्बतेलिहरुको उपस्थिती रहनेछ।

आगामी कार्तिक ४ गते आइतवार अर्थात् २० नोबेम्बर २०२४ साझ 5 बजे सुरु हुने कार्यक्रममा सहभागी हुन देश बिदेशमा रहेका सम्पूर्ण पर्वतेहरुलाई अनुरोध गरिएकोछ ।

संस्थाका बरीष्ठ उपाध्यक्ष एबम कार्यक्रम संयोजक दधि आचार्यले अथितिहरुलाई निमन्त्रणा साथै ब्यबस्थापकीय तयारिहरु पुरा भएको जनाउनु भएकोछ ।

सस्थांका संरक्षक,सल्लाहकार,सदस्य सस्थांहरुलाई पत्राचार गरिएको र कारणबस छुट्नुभएको भए अन्यथा नमानी कार्यक्रममा उपस्थित भैदिन पनि आचार्यले अनुरोध गर्नु भएकोछ ।

Leave A Reply

Your email address will not be published.