बेल्जियममा स्थानीय चुनाव, नेपाली मुलका उम्मेद्वार प्रज्ञा तिमील्सिना र सुर्य ढकाल बिजयी,

0

बेल्जियममा आईतवार भएको स्थानीय निर्वाचनमा उम्मेद्वार भएका नेपाली मुलका उम्मेद्वारहरु प्रज्ञा तिमील्सिना र सुर्य ढकाल निर्बाचित भएकाछन ।

लुभेन नगरपालिका सदस्यमा सत्ताधारी पार्टि भूरउईतबाट सुर्य ढकाल र ब्रुगे नगरपालिका सदस्यमा सत्ताधारी पार्टी क्रिस्चियन डेमोक्र्याट (सिडीएनभे) बाट प्रज्ञा तिमील्सिना बिजयी भएकाछन ।

ब्रुगे नगरपालिकामा निर्बाचित २५ बर्षिया प्रज्ञा तिमील्सिना नेपाली नयाँ पुस्ताबाट बेल्जियमको स्थानीय राजनीतिमा आएकी हुन । उनले ७८८ मत पाएर निर्बाचित भएकी छन ।

त्यसै गरी लुभेन नगरपालिका सदस्यमा सुर्य ढकाल पहिलो पटक प्रत्यक्ष निर्बाचित भएका छन । यस अघि सो नगरपालिकामा सदस्य रहेका ढकाल बैकल्पिक सुचिमा परेका थिए ।

उनको पार्टीबाट निर्बाचित सदस्यले छोडे पछि करीब तीन बर्ष उनले नगर सदस्यका रुपमा काम गरेका थिए । यस पटक ढकाललले १०९३ मत पाएर प्रत्यक्ष निर्बाचित भएका छन ।

बिभिन्न शहरमा उम्मेद्वार भएका नेपाली मुलका उम्मेद्वारहरुले स्थानीय बिच नेपालीहरुको बेल्जियममा उपस्थिती र योगदानको जानकारी गराएकाछन ।

केही स्थानमा नेपाली समुदाय निर्णायक देखिएकोछ । ऐतिहासिक पर्यटकीय शहर ब्रुगे र शैक्षिक शहर लुभेनमा प्रज्ञा र सुर्यको बिजयले नेपाली समुदायलाई बेल्जियममा स्थापित गराउन थप बल मिल्ने विश्वाश गरिएकोछ ।

Leave A Reply

Your email address will not be published.