इजरायली आक्रमणमा गाजामा कम्तीमा २० को मृत्यु

गाजा \  इजरायलले शनिबार बिहान गाजा शहरको एउटा घरमा आक्रमण गर्दा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको सरकारी प्यालेस्टाइन टिभीले जनाएको छ। प्यालेस्टिनी सिभिल डिफेन्सको भनाइलाई  उद्धृत गर्दै प्रतिवेदनमा भनिएको छ, ‘‘गाजा शहरको अल–दराज…

दाङ दुर्घटना : घाइतेको प्रभावकारी उपचार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ \ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाँकेको नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति दुर्घटनामा परी १२ जनाको मृत्यु भएकोमा दुख प्रकट गरेका छन् । साथै प्रचण्डले दुर्घटनामा मृत्यु हुने सबैप्रति…

२० प्रकारका औषधि उत्पादन गर्दै औषधि लिमिटेड

काठमाडौँ \ कोरोना त्रासदीका बिच सेता पत्ताको सिटामोलको व्यापक अभाव भयो । त्यसो त बजारमा सिटामोल नपाइएको होइन, तर आम रूपमा सेतो पत्ताको सिटामोलप्रतिको विश्वसनीयताका कारण जताततै यसको माग चुलिएको थियो । र, यो उत्पादन थियो नेपाल औषधी लिमिटेडको…

दाङमा बस पल्टिँदा १२ जनाको मृत्यु

बाँके \  बाँकेको नेपालगञ्जबाट काठमाडाैँतर्फ जाँदै गरेको यात्रुबाहक बस दाङको भालुबाङस्थित राप्ति नदीमा खस्दा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार गए राति १ बजेसम्म मृत्यु हुनेको…

धामीको भर पर्दा गर्भमै शिशुको ज्यान गयो

डोटी \ दीपायल सिलगढी नगरपालिका-९ की २२ वर्षकी गर्भवतीलाई बेथा लागेपछि बिहीबार साँझ साढे ७ बजेतिर सासूसहित छिमेकीले जिल्ला अस्पताल डोटी पुर्‍याए । गर्भवतीको बेथा बढ्दै गयो र राति १० बजेतिर पाठेघर खुल्यो तर बच्चा बाहिर निस्कन सकेन ।…

राष्ट्रपतिद्वारा समसामयिक विषयमा शीर्ष नेतृत्वको ध्यानाकर्षण

काठमाडौं \ राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन सबै मिलेर अघि बढ्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रपति पौडेलले प्रधानमन्त्री…

चलचित्रसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा : मन्त्री शर्मा

पाटन \  सञ्चार  तथा  सूचना प्रविधिमन्त्री रेखा शर्माले संसद्को आगामी अधिवेशनमा चलचित्रसम्बन्धी विधेयक पेश गर्ने तयारी भएको बताउनुभएको छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र जाँच समितिद्वारा आज ललितपुरमा आयोजित सरोकारवालाबीचको…

पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक छ : राष्ट्रपति

काठमाडौ \  राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक रहेको बताएका छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, २०८० को शुभकामना सन्देश दिँदै उनले ती दिव्योपदेशहरू अर्थतन्त्र निर्माण,…

आज ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

काठमाडौँ \ राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याउनुभएको योगदानको…

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

सर्लाही \  सर्लाही जिल्ला अदालतले आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । अनुयायी बेपत्ता, हत्या र यौन हिंसाका अभियोगमा पक्राउ परेका बम्जनविरुद्ध उजुरी रहेको सर्लाही जिल्ला अदालतमा पेस…