देउवालाई ओलीको प्रश्न- २०५८ मा संसद विघटन गरेको तपाईंले होइन ?

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संसदमा सवाल जवाफ भएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा कांग्रेस सभापति देउवाले प्रतिनिधिसभा विघटन गर्न सकिने ओलीको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताएका थिए । त्यसलगत्तै बोलेका अध्यक्ष अ‍ोलीले देउवालाई जवाफ फर्काएका हुन् ।

ओलीले देउवालाई २०५८ साल असारमा संसद विघटन गरेर मध्यावधि गरेर असोज १८ र माघ १९ पुगेको होइन ? भन्दै प्रश्न गरे ।

ओलीले प्रश्न गर्दै भने, ‘आफूले गरेका कुरा सम्झिनुस् । २०१७ सालमा मैले संसद् विघटन गरेको हो ? २०५१ मा मैले विघटन गरेको हो ? माननीय शेरबहादुरजीले २०५८ साल असारमा संसद् विघटन गरेर असोज १८ र माघ १९ मा पुगेको होइन ? यहाँले होइन पटकपटक संसद् विघटन गरेको ?’

Leave A Reply

Your email address will not be published.