सभामुखको निर्वाचन माघ ५ गते हुने

0

काठमाडौं : प्रतिनिधिसभा सभामुख पदको निर्वाचन यही माघ ५ गते हुने भएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सभामुख पदको निर्वाचनको मितिबारे संसदलाई जानकारी गराएका हुन् ।

उनले संसद सचिवालयलाई निर्वाचन कार्यक्रम प्रकाशित गर्न निर्देशन समेत दिएका छन् ।

बैठकको अध्यक्षता गरिरहेका जबराले माघ २ गते सभामुखको निर्वाचनको कार्यतालिका प्रकाशन गर्नसमेत निर्देशन दिएका हुन् ।

प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख वा उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ । सत्तारुढ दलहरुबीच सभामुख नेकपा एमालेलाई दिने सहमति भएको छ ।

एमालेले सभामुख कसलाई बनाउने भन्ने निर्णय भने गर्न बाँकी छ ।

Leave A Reply

Your email address will not be published.