मकवानपुरमा स्कुटर दुर्घटना हुँदा ३ जनाको मृत्यु

0

काठमाडौं : मकवानपुरको मनहरी गाउँपालिका-९ भलादमी चोक नजिक सवारी साधनको ठक्करबाट तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटरमा सवार मनहरी गाउँपालिका ८ का ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षका मिलन मोक्तान र राक्सिराङ गाउँपालिका-३ का २९ वर्षका रुपेश तामाङ छन् ।

स्कुटर दुर्घटना भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरीले तीनैजनालाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज पठाएको थियो ।

स्थानीयले भने सवारी साधनले ठक्कर दिँदा स्कुटरमा सवार तीनै जनाको मृत्यु भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै केहीबेर सडक बन्द गराएका थिए ।

Leave A Reply

Your email address will not be published.