प्रधानमन्त्री प्रचण्ड र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता

0

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न अधिकारी बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । उनीहरुबीच बधाई साटासाट तथा समसामयिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ ।

भेटका अवसरमा संघीयताको मर्मअनुसार काम गर्नेबारे पनि कुराकानी भएको मुख्यमन्त्री अधिकारीले जानकारी दिए ।

प्रचण्ड नेतृत्वमा केन्द्र सरकार बनेसँगै प्रदेशहरुमा पनि धमाधम सरकार बनाउने क्रम जारी छ ।गण्डकी प्रदेश एमालेको भागमा परेको छ । सोही अनुसार अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

Leave A Reply

Your email address will not be published.