लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदै

0

काठमाडौं : तीनवटा प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा आज साँझ पाँच बजेसम्म नयाँ सरकार गठनका लागि दाबी गर्नुपर्ने समयसीमा रहेको छ । 

त्यस अनुसार लुम्बिनी र सुदुरपश्चिममा एमाले र कर्णालीमा माओवादीले मुख्यमन्त्रीको दाबी सहित प्रदेश प्रमुख समक्ष दाबी पेश गर्न लागेका हुन् । 

एमालेले सत्ता साझेदार दलको समर्थन संसदीय दलका नेता राजेन्द्र रावललाई मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखलाई दाबी पेश गर्ने जनाएको छ । 

५३ सदस्यीय सुदुरपश्चिम प्रदेश सभामा सरकार गठन गर्न २७ सांसदको समर्थन चाहिन्छ । 

लुम्बिनीमा पनि एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्रीमा सत्ता साझेदारको समर्थनमा दावी प्रस्तुत गर्दै छन् । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । 

उता कर्णाली प्रदेशको नयाँ मुख्मन्त्रीका लागि नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य राजकुमार शर्माले दाबी पेश गर्ने भएका छन् । ४० सदस्यीय प्रदेश सभामा बहुमतका लागि २१ सिट आवश्यक पर्छ ।

Leave A Reply

Your email address will not be published.