सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश (पूर्णपाठ)

0

काठमाडौं : उच्च अदालत पाटनले नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

बलात्कार घटनामा जोडिएका क्रिकेटर लामिछानेलाई न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजालसले विदेश जान नपाइने शर्तमा धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

नाबालिका किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावलोकन निवेदन दिएका थिए । अदालतको आदेशपछि अधिवक्ता रोजकृष्ण घिमिरेले अदालतले २० लाख धरौटीमा छोड्न आदेश दिएको र शुक्रवार धरौटी राखेर निस्किने बताए ।

क्रिकेटर लामिछाने गत भदौ २० गते नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका थिए । उनले गत भदौ ५ को राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो  ।

त्यसको भोलिपल्ट २२ गते प्रहरीले लामिछाने विरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो । विदेश गएका लामिछाने असोज २० मा नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए ।

Leave A Reply

Your email address will not be published.