‘पुर्खाको त्यागको जगमा निर्माण भएको राष्ट्र समुन्नत बनाउने दायित्व हाम्रो काँधमा’

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले पुर्खाको त्याग, बलिदान र समर्पणको जगमा निर्माण भएको राष्ट्रलाई समुन्नत बनाउने गहन दायित्व काँधमा आएको बताएकी छिन् । २९९ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना दिँदै उनले एकता

आज २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

काठमाडौं : राष्ट्र निर्माता बडामहाजधिराज पृथ्वीनारायण शाहको २ सय ९९ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सरकारी तहबाट पृथ्वी जयन्ती तथा एकता दिवसका अवसरमा कुनै कार्यक्रम आयोजना गरिएको छैन ।

नेपालमा थपिए २५९ कोरोना संक्रमित

काठमाडौं : नेपालमा थप २ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन हजार नौ सय ९९ पीसीआर नमूना परीक्षण गर्दा १ सय ६० पुरुष र ९९ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिद्वारा अभिमुखीकरण तालिम आयोजना

लन्डन (जीएनएन) -- कोभिड-१९ संगै प्रवासमा रहेका नेपालीहरुमा आत्महत्याका घटनाहरु बढ्दै जाँदा  गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले एक अभिमुखीकरण तालिम आयोजना गरेको छ ।विश्वव्यापी मृत्युको १५ औं कारकमा सुचिकृत आत्महत्या न्यूनीकरणका लागि

राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य

काठमाडौं : राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज राति १२ बजेदेखि लागू हुने गरी संसदको हिउँदे अधिवेशन अन्त्य गरेकी हुन् । आइतबार विहान बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति

छ–छ महिनामा प्रधानमन्त्री फेर्ने कोसिस भएपछि प्रतिनिधिसभा विघटन : प्रम ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिका महत्वाकांक्षा र पदलोलुपताले राष्ट्रिय राजनीतिलाई नै प्रदूषित बनाउन लागेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको बताएका छन् । राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै उनले व्यक्तिगत मोलतोल र

बारामा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान

बारा : बारामा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको छ । निजगढ नगरपालिका–१३ भक्तलाल खोलाको बगरमा शनिबार राति १० बजे प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको हो । समूहमा रहेका तस्करले प्रहरी देख्ने बित्तिकै गोली प्रहार गर्दा

संसद पुनर्स्थापनाको सपना नदेखौं : मन्त्री रायमाझी

अर्घाखाँची : नेकपा ओली समूहका नेता एवं उर्जामन्त्री टोपबहादुर रायमाझीले संसद पुनर्स्थापनाको सपना नदेख्न आग्रह गरेका छन । अर्घाखाँचीमा आयोजित कार्यक्रममा उनले मरेको मान्छे बिउँझन्छ भन्नु र संसद पुनर्स्थापना हुन्छ भन्नु एउटै भएको बताएका हुन्

इन्डोनेशियामा विमान दुर्घटना : सवार सबैको मृत्यु भएको आशंका

एजेन्सी : इन्डोनेशियामा शनिबार भएको श्रीविजाया एयरको विमान दुर्घटना भएको ठाउँ पत्ता लागेको छ । ६२ जना सवार बोइङ ७३७ विमान जकार्ता नजिकको टापु आसपासमा दुर्घटनामा परेको खुलेको हो । दुर्घटनास्थलबाट विमानका केही टुक्रा फेला परेका छन् ।

भारतमा आगामी शनिबारदेखि कोरोनाविरुद्ध खोप कार्यक्रम सञ्चालन हुने

एजेन्सी : भारतले आगामी शनिबारदेखि कोरोना भाइरसविरुद्ध देशव्यापी खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । भारतले माघ ३ देखि भारतमा कोरोनाविरुद्धको देशव्यापी खोप अभियान सञ्चालन गर्ने भएको हो । खोप अभियानको मिति घोषणा भएसँगै भारतीय