नेपालमा थपिए २५९ कोरोना संक्रमित

0

काठमाडौं : नेपालमा थप २ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन हजार नौ सय ९९ पीसीआर नमूना परीक्षण गर्दा १ सय ६० पुरुष र ९९ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको छ ।

काठमाडौं उपत्यकामा १ सय २६ जना संक्रमित थपिएका छन । काठमाडौंमा ९९ भक्तपुरमा ९ र ललितपुरमा १८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, प्रदेश एकमा १७ , प्रदेश दुईमा पाँच, बागमती प्रदेशमा १ सय ४१ र गण्डकी प्रदेशमा २३ संक्रमित थपिएका छन् । लुम्बिनी प्रदेशमा ३९, कर्णाली प्रदेशमा तीन र सुदुरपश्चिममा ३१ जनामा संक्रमण पुष्टि भएको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या चार हजार ४ सय २२ रहेको छ । तिमध्ये ३ हजार २ सय ४३ जना संस्थागत आइसोलेसनमा रहेका छन । होम आइसोलेसनमा रहनेको संख्या १ हजार १ सय ८९ रहेको छ । आईसीयुमा १ सय ९१ र भेन्टिलेटरमा ४४ जनाको उपचार भैरहेको छ ।

पछिल्लो चौबीस घण्टामा ५ सय १३ जना संक्रमित निको भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या दुई लाख ५८ हजार ४ सय ४१ रहेको छ । अहिलेसम्म निको हुनेको दर ९७ दशमलव छ प्रतिशत रहेको छ ।

हालसम्म १९ लाख ८२ हजार २ सय २६ वटा पीसीआर परीक्षण भएको छ । हाल देशभर दुई सय ५७ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार नौ सय १७ पुगेको छ । कोरोना संक्रमित भएकामध्ये नेपालमा शुन्य दशमलब सात दुई प्रतिशत संक्रमितको मृत्यु भएको छ ।

Leave A Reply

Your email address will not be published.