छ–छ महिनामा प्रधानमन्त्री फेर्ने कोसिस भएपछि प्रतिनिधिसभा विघटन : प्रम ओली

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिका महत्वाकांक्षा र पदलोलुपताले राष्ट्रिय राजनीतिलाई नै प्रदूषित बनाउन लागेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको बताएका छन् ।

राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै उनले व्यक्तिगत मोलतोल र फोहोरी खेलमा लागेपछि देशको बाँकी समय बर्बाद हुन नदिन ताजा जनादेशमा जाने निर्णय गरेको उल्लेख गरेका हुन् ।

उनले पार्टीभित्रै छ–छ महिनामा प्रधानमन्त्री फेरेर अस्थिरतातर्फ लैजाने काम गर्ने कोशिस भएपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको पनि दाबी गरे । प्रधानमन्त्री ओलीले संसदलाई समेत काम नगर्ने थलो बनाउन खोजेको र सरकारले लगेका विधेयक सभामुखले निर्णयार्थ पेश नगर्ने जस्ता असहयोग गरेको आरोप पनि लगाए ।

उनले आफूले भारतसँग साँचो अर्थमा मित्रता बढाउन चाहेको बताएका छन् । उनले भू भाग हडपिएको थाहा हुँदाहुँदै बोल्न नसक्ने र बाहिर सम्बन्ध राम्रो छ भन्ने विगतमा गरिएकोप्रति असन्तुष्टि पनि जनाए । सरकारले असाधारण काम गरेको जिकिर पनि उनको छ ।

Leave A Reply

Your email address will not be published.