संसद पुनर्स्थापनाको सपना नदेखौं : मन्त्री रायमाझी

0

अर्घाखाँची : नेकपा ओली समूहका नेता एवं उर्जामन्त्री टोपबहादुर रायमाझीले संसद पुनर्स्थापनाको सपना नदेख्न आग्रह गरेका छन । अर्घाखाँचीमा आयोजित कार्यक्रममा उनले मरेको मान्छे बिउँझन्छ भन्नु र संसद पुनर्स्थापना हुन्छ भन्नु एउटै भएको बताएका हुन् ।

संसद पुनर्स्थापना अब केवल दिवासपना मात्र हुने रायमाझीको भनाइ छ । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाएर सडक पुर्‍याउने उदेश्यले पुष्पकमल दाहाल र माधव नेपालले डिजाईन गरेपनि प्रधानमन्त्री ओलीले तुहाईदिएको उनले दावी गरे ।

मन्त्री रायमाझीले पार्टीलाई खल्तीको पैसा जस्तो सम्झने पुष्पकमल दाहालले नेकपालाई पनि आफ्नो कठपुतली बनाउन षड्यन्त्र गरेको आरोप लगाए ।

Leave A Reply

Your email address will not be published.