बारामा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान

0

बारा : बारामा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको छ । निजगढ नगरपालिका–१३ भक्तलाल खोलाको बगरमा शनिबार राति १० बजे प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको हो ।

समूहमा रहेका तस्करले प्रहरी देख्ने बित्तिकै गोली प्रहार गर्दा प्रतिकार गर्न ५ राउन्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थलबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका ६ बस्ने ४७ वर्षीय इमानसिंह तामाङ रहेका छन् ।

समूहमा रहेका फरार बाँकी सदस्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङको साथबाट एक थान भरुवा बन्दुक बरामद गरिएको छ ।

Leave A Reply

Your email address will not be published.