भारतमा आगामी शनिबारदेखि कोरोनाविरुद्ध खोप कार्यक्रम सञ्चालन हुने

0

एजेन्सी : भारतले आगामी शनिबारदेखि कोरोना भाइरसविरुद्ध देशव्यापी खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । भारतले माघ ३ देखि भारतमा कोरोनाविरुद्धको देशव्यापी खोप अभियान सञ्चालन गर्ने भएको हो ।

खोप अभियानको मिति घोषणा भएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खोप कार्यक्रम सुरु भएको दिन महामारीविरुद्धको अभियानमा कोषेढुंगा सावित हुने बताएका छन् ।

खोपको पहिलो प्राथमिाकतामा स्वास्थ्यकर्मीसहित कोरोना भाइरसविरुद्धको लडाईमा अग्रपङ्क्तिमा काम गर्नेहरुलाई राखिएको छ ।

नेपालले पनि भारतबाट १ करोड २० लाख डोज खोप ल्याउन खोजेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणको समयमा यो विषयमा कुराकानी हुने बताइएको छ ।

कोरोना भाइरसविरुद्धको खोपको आपतकालिन प्रयोगमा ल्याएसँगै ब्राजिलले भारतसँग २० लाख डोज खोपको माग गरेको छ । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले भारतलाई पत्राचार गरी जतिसक्दो छिटो एस्ट्राजेनेकाको २० लाख डोज खोप उपलब्ध गराउन माग गरेका हुन् ।

ब्राजिलमा कोरोनाका कारण २ लाख २ हजार ६ सय बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ८ करोड ७५ हजार ९ सय बढी छ ।

Leave A Reply

Your email address will not be published.