ओमिक्रोन संक्रमण बढ्न नदिन उच्च सतर्कता अपनाउन प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण बढ्न नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । शुक्रबार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको

ओमिक्रोन भेरियन्टलाई ‘कम घातक’ नठान्न डब्लुएचओको चेतावनी

एजेन्सी : विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टलाई ‘कम घातक’ नठान्न चेतावनी दिएको छ । ओमिक्रोनका कारण विश्वभर मानिसहरुको मृत्यु भएको र यसलाई यसलाई सामान्य लक्षणको भनेर नजरअन्दाज गर्न नहुने उसको भनाइ छ ।

संसद सुचारु गराउन गठबन्धनको उच्चस्तरीय समितिले पहल गर्ने

काठमाडौं : सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिले संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको समितिको बैठकले संसद सुचारु गराउनका लागि पहल गर्ने निर्णय गरेको हो ।

एमाले एक्लै गठबन्धनसँग भिड्न सक्षम छ : ओली

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनको परिणाम आफूहरुका लागि प्रतिकूल आउन सक्ने बताएका छन् । पार्टीको जिल्लाहरुको अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यामबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले

नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि

काठमाडौं : नेपालमा थप २४ जनाको कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएका २५० वटा नमूनामध्ये २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।

काजकिस्तान संकट : प्रदर्शन चर्किएपछि रुसी सेना परिचालन

एजेन्सी : रुसले काजाकिस्तानमा आफ्नो शान्ति सेना पठाएको छ । रुसले सोभियत संघको पूर्वघटक राष्ट्र र सैन्य साझेदार काजकिस्तानमा हिंसात्मक अशान्ति रोक्न आफ्नो शान्ति सेना पठाएको हो । इन्धनको मूल्यवृद्धिलाई लिएर सन् १९९१ मा स्वतन्त्र

नेपाल–भारत सीमा महाकाली नदीमा पुल निर्माण गर्ने भारतको निर्णय

काठमाडौं : नेपाल–भारत सीमा महाकाली नदीमा पुल बनाउन भारत तयार भएको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले ट्वीट गर्दै भारतीय मन्त्रिपरिषद्बाट यस्तो निर्णय भएको जानकारी दिएका हुन् । धार्चुलामा महाकाली नदीमा पुल निर्माणका लागि नेपाल र

नारायणहिटीमा रेस्टुरेन्टबारे छानविन गर्न समिति गठन

काठमाडौं : नारायणहिटी दरबार संग्रहालयको बगैँचामा रेस्टुरेन्ट निर्माणका लागि दिइएको ठेक्काका सम्बन्धमा छानविन गर्न समिति गठन गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले संग्रहालयभित्र निर्माण हुँदै गरेको

प्रधानमन्त्री देउवा सहभागी हुने गुजरात समिट स्थगित

काठमाडौं : भारतको गुजरातमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहभागिता जनाउने भाइब्रेन्ट गुजरात समिट कार्यक्रम स्थगित गरिएको छ । सो कार्यक्रम स्थगित भएसँगै प्रधामन्त्री देउवाको भारत भ्रमण पनि स्थगित हुने भएको छ । भारतको गुजरातमा जनवरी

ललिता निवास जग्गा प्रकरण : सीआईबीले सरकारी वकिलको कार्यालयलाई बुझायो प्रतिवेदन

काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनामा सम्बन्धी अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ । पाँच पूर्व सचिवसहित करिब साढे