ललिता निवास जग्गा प्रकरण : सीआईबीले सरकारी वकिलको कार्यालयलाई बुझायो प्रतिवेदन

0

काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनामा सम्बन्धी अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ । 

पाँच पूर्व सचिवसहित करिब साढे ३ सय ६० जनालाई प्रतिवादी बनाएर मुलकी अपराध संहिता बमोजिम कारबाहीको माग गर्दै सीआईबीले रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो । 

सीआईबीले पूर्वसचिवहरु दीप बस्नेत, छविराज पन्त, युवराज भुसाल, नारायणगोपाल मलेगो र दिनेशहरि अधिकारी, भूमाफिया किटान गरिएका रामकुमार सुवेदी र शोभाकान्त ढकाल तथा व्यापारी मिनबहादुर गुरुङलगायतलाई प्रतिवादी बनाएको छ । 

सरकारी वकिलको कार्यालयले प्रहरीले बुझाएको प्रतिवेदन अध्ययनको क्रममा रहेको जनाएको छ । विभिन्न मितिमा किर्ते कागजात र जालसाजी तथा कर्मचारीलाई प्रलोभनमा पारेर ललिता निवासको जग्गा भूमाफिया र तत्कालीन भोगाधिकारीले हडपेका थिए । 

सीआईबीले दुई वर्ष लामो अनुसन्धान र यसअघिको एकवर्ष लामो छानबिनका आधारमा खुलेका तथ्य र प्रमाण बमोजिम ३ सय ६० जना भन्दा बढीलाई प्रतिवादी बनाएको छ । 

प्रतिवादीलाई बढीलाई बिगो कैद जरिवाना गर्नुपर्ने रायसहित प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ । 

अख्तियारले भने १ सय ७५ विरुद्ध कारबाही तथा जग्गा फिर्ताको माग दाबीसहित यसअघि नै उच्च अदालमा मुद्दा दर्ता गरेको छ । 

बालुवाटारको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम जग्गा हडपिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ । अहिले यो जग्गाको न्यूनतम मूल्य १३ अर्ब ७६ करोडभन्दा बढी हुने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.