प्रधानमन्त्री देउवा सहभागी हुने गुजरात समिट स्थगित

0

काठमाडौं : भारतको गुजरातमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहभागिता जनाउने भाइब्रेन्ट गुजरात समिट कार्यक्रम स्थगित गरिएको छ ।

सो कार्यक्रम स्थगित भएसँगै प्रधामन्त्री देउवाको भारत भ्रमण पनि स्थगित हुने भएको छ ।

भारतको गुजरातमा जनवरी १० देखि १२ सम्म आयोजना हुन लागेको भाइब्रेन्ट गुजरात समिट ओमिक्रोनका कारण स्थगित भएको छ ।

गुजरात सरकारले बढ्दो ओमिक्रोनको संक्रमणलाई मध्यनजर गर्दै उक्त कार्यक्रम स्थगित गरेको भारतीय सञ्चार माध्यम एएनआईले उल्लेख गरेको छ ।

सो कार्यक्रममा सहभागिता जनाउन पुस २५ गते प्रधानमन्त्री शेरबहादुर देउवा भारतको गुजरात जाने कार्यक्रम तय भएको थियो ।

भारतमा पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र रुपमा फैलिएको छ ।

ओमिक्रोनलाई मध्यनजर गर्दै भारतीय राष्ट्रिय कांग्रेससहितका विपक्षी दलले भाइब्रेन्ट गुजरात समिट रोक्न माग गरेका थिए ।

Leave A Reply

Your email address will not be published.