काजकिस्तान संकट : प्रदर्शन चर्किएपछि रुसी सेना परिचालन

0

एजेन्सी : रुसले काजाकिस्तानमा आफ्नो शान्ति सेना पठाएको छ । रुसले सोभियत संघको पूर्वघटक राष्ट्र र सैन्य साझेदार काजकिस्तानमा हिंसात्मक अशान्ति रोक्न आफ्नो शान्ति सेना पठाएको हो ।

इन्धनको मूल्यवृद्धिलाई लिएर सन् १९९१ मा स्वतन्त्र राष्ट्र बनेयताकै सबैभन्दा ठूलो विरोधको सामना गरेपछि काजकिस्तानले सहयोग माग गरेको थियो ।

रुस, बेलारुस, ताजिकिस्तान, किर्गिस्तान र अर्मेनियाका सैनिक सम्मिलित सीएसटीओ आबद्ध गठबन्धन सेना कजाख्स्तानमा परिचालन गरिएको हो ।

प्रदर्शनका क्रममा कम्तीमा १२ जनाको मृत्यु भएको छ । झडपमा परेर ज्यान गुमाउनेमा अधिकांश प्रहरी रहेको बताइएको छ ।

घाइते भएका सुरक्षाकर्मीको संख्या तीन सय ५० भन्दा बढी रहेका छन । घटनामा एक हजारभन्दा बढी प्रदर्शनकारी पनि घाइते भएको बताइएको छ ।

यसैबीच काजकिस्तानमा बिहीबार इन्धनको मूल्य निर्धारण गरिएको छ । इन्धनको मूल्यवृद्धि गरिएको भन्दै सुरु भएको आन्दोलन चर्किएपछि सरकारले नयाँ मूल्य निर्धारण गरेको हो ।

अहिले निर्धारण गरिएको इन्धनको मूल्य कम्तीमा छ महिना वृद्धि नहुने बताइएको छ । आन्दोलनकारीहरुले इन्धनको मूल्यवृद्धि अवैज्ञानिक र अस्वस्थ रहेको बताउँदै आएका छन् ।

Leave A Reply

Your email address will not be published.