नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि

0

काठमाडौं : नेपालमा थप २४ जनाको कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएका २५० वटा नमूनामध्ये २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो । 

योसँगै नेपालमा ओमिक्रोन संक्रमित भेटिनेको संख्या २७ पुगेको छ । 

पुस महिनामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशभरबाट १ हजार १४६ वटा नमूनाको जिन सिक्वेन्सिङ गरेको थियो । 

सो नमूनाहरुमध्ये २५० वटामा एस जिन नेगेटिभ देखिएको थियो । एस जिन नेगेटिभ देखिएकाहरुमध्ये २४ वटामा भने ओमिक्रोन पुष्टि भएको मन्त्रालयको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.