नेपाल–भारत सीमा महाकाली नदीमा पुल निर्माण गर्ने भारतको निर्णय

0

काठमाडौं : नेपाल–भारत सीमा महाकाली नदीमा पुल बनाउन भारत तयार भएको छ।

भारतीय विदेशमन्त्री एस जयशंकरले ट्वीट गर्दै भारतीय मन्त्रिपरिषद्बाट यस्तो निर्णय भएको जानकारी दिएका हुन् ।

धार्चुलामा महाकाली नदीमा पुल निर्माणका लागि नेपाल र भारतबीच सहमति भएको उनले जानकारी दिएका हुन् ।

उनले पुल निर्माणलाई महत्वपूर्ण कदम भन्दै मित्रवत् सम्बन्धलाई थप गहिरो बनाउने विश्वास व्यक्त गरेका छन् ।

महाकाली नदीमा पुल नहुँदा त्यहाँका स्थानीयलाई निकै सास्ती भएको छ । नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलंगा आउन भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ ।

गत साउनमा दार्चुलाको व्यास गाउँपालिका–२ स्थित तुइनको सहारामा महाकाली तर्ने क्रममा स्थानीय जयसिंह धामी नदीमा बेपत्ता भएका थिए ।

धामी महाकाली तर्दै गर्दा भारतीय एसएसबीका जवानले तुइन काटिदिएको नेपालको गृह मन्त्रालयले गरेको अनुसन्धानले देखाएको थियो ।

घटनाबारे भारतलाई नेपालको परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाउँदै घटनाबारे जानकारी गराए पनि भारतले भने बेवास्ता गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.