ओमिक्रोन भेरियन्टलाई ‘कम घातक’ नठान्न डब्लुएचओको चेतावनी

0

एजेन्सी : विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टलाई ‘कम घातक’ नठान्न चेतावनी दिएको छ ।

ओमिक्रोनका कारण विश्वभर मानिसहरुको मृत्यु भएको र यसलाई यसलाई सामान्य लक्षणको भनेर नजरअन्दाज गर्न नहुने उसको भनाइ छ ।

डब्लुएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले नयाँ भेरियन्टका कारण विश्वभर संक्रमितको संख्या तीव्र बृद्धि भएको र अस्पताल विरामीले भरिएको भन्दै चिन्ता प्रकट गरेका हुन् ।

खोप लगाउनेका लागि ओमिक्रोन संक्रमण डेल्टाको तुलनामा कम घातक भएपनि हल्का भनेर नजरअन्दाज गर्न नमिल्ने उनको भनाइ छ ।

ओमिक्रोनले स्वास्थ्य क्षेत्रमा सुनामी ल्याउन थालेको भन्दै उनले चिन्ता समेत प्रकट गरेका छन् ।

डब्लुएचओका अनुसार पछिल्लो हप्तामा विश्वभर ७१ प्रतिशतले संक्रमितको संख्यामा वृद्धि भएको छ । अमेरिकामा यो संख्या १०० प्रतिशत रहेको छ । गम्भीर बिरामीहरूमध्ये ९० प्रतिशत खोप नलगाएकाहरू छन् ।

Leave A Reply

Your email address will not be published.