सङ्खुवासभामा बाढीले बगाउँदा एक जनाको मृत्यु १७ जना सम्पर्क विहीन

सङ्खुवासभा \  जिल्लाको हेँवा खोलामा शनिवार राती आएको बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ । बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका ५ मा एक शव भेटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । शवको पहिचान हुन बाँकी रहेको छ ।…

देशका भ्रष्टलाई एकैपटक जेल कोच्ने विचार छ : रवि लामिछाने

काठमाडौं \  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबै भ्रष्टाचारीहरुलाई एकैपटक जेलमा कोच्नु नै आफ्नो पार्टीको बिचार भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले…

मेलम्ची आयोजनासँग सम्बन्धित समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

हेलम्बु \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित समस्या समाधानको पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न आज सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१…

प्रधानन्यायाधीश कार्कीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं \ प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त हुनुभएको छ । उहाँले शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ । संसदीय सुनुवाई समितिले दुई दिनको सुनुवाइपछि…

६६ पृष्ठको राहदानी अब ५ हजारमै बन्ने

काठमाडौँ \  राहदानी विभागले सेवाग्राहीलाई असार ३ गतेदेखि ६६ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयहरूले १० हजार रुपैयाँमा उपलब्ध गराउँदै आएको उक्त राहदानी आगामी आइतबारदेखि ५ हजार रुपैयाँमा…

प्रदेशको बजेट दुई खर्ब ७७ अर्ब

काठमाडौ \  सात वटै प्रदेशका सरकारले आर्थिक वर्ष २०८०/८१ लागि पौने तीन खर्ब रुपियाँ बराबरको बजेट सार्वजनिक गरेका छन् । प्रत्येक आर्थिक वर्षको असार १ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुरूप शुक्रबार ६ प्रदेशले आगामी बजेट सार्वजनिक…

खाँण र रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी र बालकृष्ण खाँणलगायत १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले शुक्रबार अभियुक्तहरूलाई पुर्पक्षका लागि…

प्रधानन्यायाधीशमा कार्की नियुक्त, लिए शपथ

काठमाडौं : प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि नाम अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । उनले आजै राष्ट्रपति भवन शितल…

बजेट ल्याइएको होइन, लुटिएको हो : अध्यक्ष राउत

काठमाडौं \ जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याइएको नभइ लुटिएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले बजेट बनाएर ल्याइएको नभइ लुटिएको…

समाजवादी मोर्चामा सहभागी हुने एकीकृत समाजवादीको निर्णय

काठमाडौं \ नेकपा (एकीकृत समाजवादी) समाजवादी मोर्चामा सहभागी हुने भएको छ । शुक्रबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपमहासचिव एवं प्रवक्ता…