सार्वजनिक यातायातको भाडा बढ्यो

0

काठमाडौं : सार्वजनिक यातायातको भाडा बढेको छ । सरकारले जेठ ४ गते बुधबारदेखी लागू हुनेगरी सार्वजनिक यातायातमा न्यूनतम ३.५ प्रतिशतदेखि अधिकतम ५.१ प्रतिशतसम्मले भाडा वृद्धि गरेको हो ।

साविकको भाडादरमा अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहक तर्फ ३.५ प्रतिशतले, पहाडी बाटोमा सञ्चालन हुने माल बाहकमा ४.६ प्रतिशत र तराईको बाटोमा गुड्ने मालबाहक सवारीमा ५.१ प्रतिशतले वृद्धि गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

भाडा वृद्धिको सूचना जारी गर्दै विभागले पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सार्वजनिक सवारी साधनको पनि भाडा समायोजन गरिएको जनाएको छ । 

नेपाल आयल निगमले स्थानीय तहको चुनावको भोलिपल्टै डिजेल/पेट्रोल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य वृद्धि गरेको थियो ।

Leave A Reply

Your email address will not be published.