प्रतिनिधिसभामा ८ वटा विधेयक पेश

0

काठमाडौं : प्रतिनिधिसभामा विभिन्न ८ वटा विधेयक पेश भएको छ । मंगलबारबाट शुरु भएको प्रतिनिधि सभाको ११ औँ अधिवेशनअन्तर्गत प्रतिनिधि सभाको पहिलो बैठकमा विभिन्न ८ विधेयक पेश भएका हुन् । 

प्रतिनिधि सभामा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र नेपाल प्रहरीका कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय (पहिलो संशोधन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ पेश गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले औषधि (तेस्रो संशोधन) अध्यादेश २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९ पेश गरे । 

यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल्वे अध्यादेश २०७८ पेस गरिन भने कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र यौन हिंसाबिरुद्धका ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेश गरे ।

Leave A Reply

Your email address will not be published.