प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुरको निधन

0

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भातृ शोक परेको छ । प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाका मंगलबार निधन भएको हो ।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित प्रेमबहादुरको ६७ वर्षको उमेरमा मंगलबार बिहान २ बजे वीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

स्वर्गीय देउवाका दुई छोरा वीरेन्द्र देउवा, विक्रम देउवा, तथा छोरीद्वय बिन्दु देउवा बम र सिन्धु देउवा राणा छन् । यसैबीच प्रधानमन्त्री देउवाले आफ्ना भाइ प्रेमबहादुरप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्री देउवाले पशुपतिस्थित आर्यघाट गएर भाइ प्रेमबहादुरको पार्थिव शरीरमा नेपाली कांग्रेसको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।

यसैगरी, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, पार्टी प्रवक्ता डा प्रकाशशरण महतलगायत कांग्रेस नेता तथा कार्यकर्ता, स्वर्गीय प्रेमबहादुरका परिवारका सदस्य र आफन्तजनले पनि अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

Leave A Reply

Your email address will not be published.