नेपाल टी-२० लिगको घोषणा, असोज ८ बाट हुने

0

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले होम एण्ड अवेका आधारमा नेपाल टी–२० लिग गर्ने गरी  मिति घोषणा गरेको छ । काठमाडौंको एक होटलमा कार्यक्रम गर्दै क्यानले मिति घोषणा गरेको हो । प्रतियोगिता ८ असोजमा शुरु भई ५ कात्तिकमा समापन हुनेछ । 

खेलका लागि क्यानले भारतीय कम्पनी सेभेट थ्री स्पोर्टस्सँग कमर्सियल पार्टनरको रुपमा सम्झौता गरेको छ । घोषणासँगै  नेपाली क्रिकेट नयाँ आयमतर्फ बढेको  क्यानका कार्यवहाक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए । 

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले संघका आधिकारिक लिगको मिति र प्रतियोगिता घोषणा गर्न पाउँदा खुसी लागेकाे बताए । प्रतियोगिता कीर्तिपुरस्थित टीयू  क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिता होम एण्ड अवेका आधारमा हुने चन्दले बताए । 

यस्तै, प्रतियोगितासँगै क्यान आर्थिक रुपमा बलियो हुने उनले बताए । टिमको नाम र घोषणा १५ दिनपछि गर्ने उनले बताए । 

Leave A Reply

Your email address will not be published.