देश संकटमा, सरकार सत्ता सेटिङमा व्यस्त : प्रदीप ज्ञवाली

0

काठमाडौं : नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले देश गम्भीर संकटमा परेको बेला पनि सरकार सत्ता सेटिङमा व्यस्त भएको आरोप लगाएका छन् ।

‘सत्ताको सेटिङ तुहिएको छ भने प्रधानमन्त्रीज्यू  ब्युँझिनुहोस्, मन्त्रीज्यू ब्यूँझिनुहोस्, देश संकटमा छ’, उनले भने, ‘देश संकट पर्दा पनि सरकार गम्भीर बन्न सकेन । हामी यसको खबरदारी गर्छौैं ।’ 

मंगलार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ज्ञवालीले मुलुक झन्डै राष्ट्रिय संकटतर्फ धकेलिँदै गरेकोले यस विषयमा छलफल गर्न नेकपा एमालेले विरोधको स्वरुपलाई परिवर्तन गरेको बताए ।

ज्ञवालीले स्थानीय तह निर्वाचनमा नेकपा एमालेका कार्यकर्ताहरुमाथि सांघातिक आक्रमण हुँदा समेत सरकारे चासो नदेखाएको बताए ।

Leave A Reply

Your email address will not be published.