मतपरिणाम आउने क्रम जारी : कुन पार्टीले कति स्थानीय तहमा जिते ?

0

काठमाडौं : गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको देशभरबाट मतपरिणाम आउने क्रम जारी छ । मतपरिणाम अनुसार पहिलो स्थानमा नेपाली कांग्रेस रहेको छ ।

कांग्रेसले हालसम्म १५७ स्थानीय तहको प्रमुख तथा अध्यक्ष पदमा जित हासिल गरेको छ । कांग्रेसले १४९ स्थानीय तहमा अग्रता कायम राखेको छ ।

त्यस्तै कांग्रेसले १५५ स्थानीय तहमा उपप्रमुख तथा उपाध्यक्ष पदमा जित हासिल गरेको छ भने १२९ स्थानीय तहमा उपप्रमुख तथा उपाध्यक्ष पदमा अग्रता कायम राखेको छ ।

दोस्रो स्थानमा रहेको नेकपा एमालेले १०४ स्थानीय तहको प्रमुख तथा अध्यक्ष पदमा जित हासिल गरेको छ । त्यस्तै एमालेले ९२ स्थानीय तहमा अग्रता कायम राखेको छ ।

यस्तै एमालेले १०३ स्थानीय तहमा उपप्रमुख तथा उपाध्यक्ष पदमा जित हासिल गरेको छ भने १२१ स्थानीय तहमा उपप्रमुख तथा उपाध्यक्ष पदमा अग्रता कायम राखेको छ । 

नेकपा माओवादी केन्द्र ७७ स्थानीय तहको प्रमुख तथा अध्यक्ष पदमा जित निकाल्दै तेस्रो स्थानमा रहेको छ । माओवादीले ३९ स्थानीय तहमा अग्रता कायम राखेको छ ।

त्यस्तै माओवादीले ७६ स्थानीय तहमा उपप्रमुख तथा उपाध्यक्ष पदमा जित हासिल गरेको छ भने ४९ स्थानीय तहमा उपप्रमुख तथा उपाध्यक्ष पदमा अग्रता कायम राखेको छ । 

यस्तै एकीकृत समाजवादीले ५ स्थानमा जित्दा स्वतन्त्र उम्मेदवारले ९ स्थानीय तह जितेको छ । जसपा, जनमोर्चालगायतका दलले पनि केही स्थानीय तहमा जित हासिल गरेका छन् ।

Leave A Reply

Your email address will not be published.