राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं \ राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । समसामयिक विषयमा छलफलका लागि राष्ट्रपति पौडेलले मंगलबार बिहान साढे ८ बजे सर्वदलीय बैठक बोलाउनुभएको हो । राष्ट्रपति पौडेलले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक…

आज श्रावण शुक्ल पञ्चमीः नागपञ्चमी पर्व मनाइँदै

नागपञ्चमी पर्व आज परम्पराअनुसार पूजाअर्चना गरी घरका मूलढोकामा नागको तस्बिर टाँसेर मनाइँँदै छ । यो पर्व हरेक वर्ष साउनशुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । नागको तस्बिर टाँस्दा…

सीआईबीले आज बुझाएन ललिता निवासको अनुसन्धान प्रतिवेदन

काठमाडौँ \  बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ५५ दिनदेखि अनुसन्धान गरिरहेको छ । आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने गरी तयारी गरे…

इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले जित्याे महिला विश्वकपकाे उपाधि

एजेन्सी \ इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले फिफा महिला विश्वकप फुटबलकाे उपाधि जितेकाे छ । आज आइतवार स्टेडियम अस्ट्रेलियामा भएकाे फाइनलमा स्पेनले इङ्ग्ल्यान्डलाई १–० गाेलले हरायाे । स्पेनका लागि ओल्गा कारमाेनाले खेलकाे २९ औँ मिनेटमा गरेकाे…

संसद अवरोध खुलाउन जुटेन सहमति

काठमाडौं \ संसद्को गतिरोध अन्त्य गर्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाउनु भएको सर्वदलीय बैठक निष्कर्षबिहीन भएको छ । प्रधानमन्त्री दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक बोलाउनु…

रसुवाबाट २ किलो सुनसहित दुईजना पक्राउ

काठमाडौँ \ रसुवाको स्याफ्रुबेसीबाट प्रहरीले २ किलो सुनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ घर भएका सुदीप शेर्पा र भोटेकोशी–१ घर भएका खुर्साङ्बु शेर्पा छन् । मोटरसाइकल चढेर टिमुरेबाट…

टेलिकमले गुणस्तरीयतामा ध्यान दिनुपर्छ : सञ्चारमन्त्री शर्मा

प्यूठान \ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमले प्रदान गर्ने सेवाको गुणस्तरीयता कायम गर्न ध्यान दिनुपर्ने बताउनुभएको छ । गुणस्तरीयतासँगै सेवाबृद्धिमा पनि ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । प्यूठानको माण्डवी –३,…

ललिता निवास प्रकरणको प्रतिवेदन सीआइबीले सरकारी वकिलको कार्यालयमा बुझाउँदै

काठमाडौं \  नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले ललिता निवास जग्गा प्रकरण सम्बन्धी अनुसन्धान प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाउने भएको छ । सिआइबीले सो प्रकरणमा संलग्न दुई पूर्व प्रधानमन्त्री…

भारतमा सैनिक चढेको गाडी दुर्घटना हुँदा ९ जनाको मृत्यु

एजेन्सी \  भारतको लद्दाखमा सैनिकहरु चढेको गाडी खोंचमा खस्दा ९ जना सैनिकको ज्यान गएको छ भने १ जना घाइते भएका छन् । लेहबाट सैनिकहरुलाई न्योमातर्फ लिएर गएको गाडी क्यारी शहरबाट सात किलोमिटर पर खोंचमा खसेर दुर्घटना भएको भारतीय सञ्चार माध्यमले…

आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं \  प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने बैठकका लागि संसद् सचिवालयले विभिन्न सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकको सुरुमा राष्ट्रपति कार्यालयबाट प्राप्त विभिन्न…