अर्थमन्त्री विवादमा संसदीय छानविन समिति बनाउनुपर्छ : कांग्रेस उपसभापति खड्का

0

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री जनार्दन शर्माको विवाद तत्काल छानविन गर्न माग गरेका छन् । 

सामाजिक संजालमार्फत उनले बजेट निर्माणका बेला अनधिकृत व्यक्तिलाई सहभागी गराएको विषयमा विवादित बनेका अर्थमन्त्री शर्माबारे छानविन गर्न संसदीय समिति गठन गर्न माग गरेका हुन् । 

अर्थमन्त्रीको विषय सडक र संसदमा आइसकेको अवस्थामा यसलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानविन समिति बनाउनुपर्ने खड्काको भनाइ छ । 

यसअघि कांग्रेसकै महामन्त्री गगन थापाले अर्थमन्त्रीलाई प्रधानमन्त्रीले राजीनामा गराएर छानविन गर्नुपर्ने बताएका थिए ।

Leave A Reply

Your email address will not be published.