अर्थमन्त्री शर्माले दिए राजीनामा

0

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । 

नयाँ बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको आरोप र अर्थ मन्त्रालयस्थित सीसीटीभी क्यामराको फुटेज मेटिएको विषयमा संसदीय छानविन समिति गठन भएपछि उनले संसदलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् । 

आफू हजारौँ छानविनको सामना गर्न तयार रहेको बताउँदै उनले समितिलाई सहयोग गर्ने भन्दै राजीनामा दिएका हुन् ।

शर्माले छानविन समितिलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । आफुले कुनै गल्ती नगरेको जिकिर उनले आफूमाथि राजनीतिक पूर्वाग्रह साँधिएको बताए ।

अर्थमन्त्री शर्माले बजेट निर्माणमा स्थापीत मान्यता अनुसार तोकिएका व्यक्तिलाई मात्र संलग्न गराएको दाबी समेत गरे । स्थापित पद्दति र तोकिएका आधिकारिक व्यक्तिबाट बजेट आएको उनको दाबी छ । उनले मन्त्रालयको सीसीटीभीबारे आफूलाई थाहा नभएको उल्लेख गरे ।

बजेट निर्माणसँग सम्बन्धित विवादका कारण शर्माको सत्तारुढ दल, प्रतिपक्ष र नागरिक समाजले समेत राजीनामा माग गर्दै आएका थिए ।

Leave A Reply

Your email address will not be published.