बेलायतका अर्थ र स्वास्थ्यमन्त्रीले दिए राजीनामा

0

एजेन्सी : बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जावेदले राजीनामा दिएका छन् ।

बोरिस जोनसन नेतृत्वको सरकार जनअपेक्षा अनुरुप नचलेको भन्दै उनीहरुले राजीनामा दिएका हुन् ।राजीनामा घोषणा गर्दै अर्थमन्त्री सुनकले सरकार गम्भीरताका साथ र ठीक ढंगले चलेके आरोप लगाएका छन् ।

उनले आफ्नो देशले निकै ठूलो चुनौतीको सामना गरिरहेको पनि बताए । सुनकसँगै बेलायतका स्वास्थ्यमन्त्री साजिद जावेदले पनि राजीनामा दिएका छन् ।

उनले प्रधानमन्त्री जोनसनमा राष्ट्रिय हित अनुकूल सरकार चलाउने क्षमता नभएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री जोनसनले राष्ट्रिय हित अनुकूल सरकार चलाउँछन् भन्ने जनविश्वास गुमाइसकेको उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.