हवाई भाडा बढ्यो, कहाँ जान कति भाडा ?

0

काठमाडौं : वायुसेवा कम्पनीले हवाई भाडा पुनः बढाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा कम्पनीले हवाई भाडा बढाएका हुन् ।

अब काठमाडौंबाट सबैभन्दा लामो रुटमा चल्ने आन्तरिक जहाजको भाडा १७ हजार २५ रुपैयाँ कायम गरिएको छ । यो भाडा धनगढीका लागि तय भएको हो ।

काठमाडौंदेखि भद्रपुरका लागि १२ हजार ९५५ तय गरिएको छ । काठमाडौंदेखि विराटनगरसम्म पुग्नका लागि अब १० हजार २०५ रुपैयाँ लाग्नेछ । त्यस्तैगरी भरतपुरका लागि चार हजार ९९०, जनकपुरका लागि पाँचहजार ८६० रुपैयाँ लाग्नेछ ।

पोखराका लागि ६ हजार ९८५, भैरहवाका लागि ८ हजार ६७५ रुपैयाँ अधिकतम भाडादर कायम गरिएको छ ।

नेपालगन्जका लागि १३ हजार ९८० रुपैयाँ, तुम्लिङटारका लागि ८ हजार २०५ रुपैयाँ तय गरिएको छ भने सिमराका लागि ४ हजार २४० रुपैयाँ तय भएको छ ।

सुर्खेतका लागि १४ हजार ९९५ र राजविराजका लागि ८ हजार ७५५ रुपैयाँ कायम गरिएको छ ।

No description available.
Leave A Reply

Your email address will not be published.