प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर २ गते गर्न आयोगको प्रस्ताव

0

काठमाडौं : निर्वाचन आयोगको टोलीले बुधवार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंसिर २ गते प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव गर्न प्रस्ताव गरेको छ । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया नेतृत्वको टोलीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेर निर्वाचनको मिति प्रस्ताव गरेको हो । 

मंसिर दुई गते एकै चरणमा निर्वाचन गर्न आयोगले प्रस्ताव गरेको हो । 

तयारीमा १२० दिन चाहिने भएकाले मंसिर पहिलो साताको मिति प्रस्ताव गरिएको आयोगले जनाएको छ । 

भेटमा प्रधानमन्त्री देउवाले स्थानीय तहको चुनाव शान्तिपूर्ण गरेकोमा आयोगलाई धन्यवाद दिँदै छिट्टै मन्त्रिपरिषद बैठकबाट निर्वाचनको मिति घोषणा गरिने जानकारी दिएका छन् । 

प्रधानमन्त्री देउवाले एकै चरणमा निर्वाचनका लागि सरकारले तयारी अघि बढाउने आश्वासन दिएका छन् । 

एक सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एकै दिन एकै चरणमा चुनाव गर्ने आयोगको तयारी छ ।

Leave A Reply

Your email address will not be published.