नेपालमा दुई जनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि

0

काठमाडौं : नेपालमा दुई जनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको जिन सिक्वेन्सिङ  परीक्षणमा दुई वटा नुमनामा ‘बीए फाइभ’ पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा विभिन्न भारत र नेपालको सिमा नाका तथा प्रयोगशालाबाट आएका ३२ वटा नमुनालाई जिन सिक्वेन्सिङ गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

परीक्षण गरिएका मध्ये दुई वटामा ‘बीए फाइभ’, अर्को दुईमा ‘बीए वान्’ र बाँकी २८ वटामा ‘बीए टु’ पुष्टि भएको मन्त्रालयको भनाइ छ ।

योसँगै नेपालमा कोरोना संक्रमणदर बढ्न सक्ने आशंका बढाएको छ । कोरोनाको यो नयाँ उपप्रजाति छिटो फैलने भए पनि डेल्टा भेरिन्ट जस्तो स्वास्थ्यमा जटिलमा नल्याउने विज्ञको बुझाई छ । तर जोखिम कम भन्दै स्वास्थ्य मापदण्ड पालनमा हेलक्रयाई भने गर्न नहुने स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

युरोप र अफ्रिकामा फैलिएको कोरोना भाइरसको ओमिक्रोन बीए फाइभ उपप्रजाति नेपालमा पनि पुष्टि भएको हो । बीए फोर र बीए फाइभ भेरिअन्टका दुई नयाँ उपप्रजातिका कारण कोरोना भाइरस सक्रमण दर विश्वभर पुनः बढिरहेको छ । 

तथ्यांक हेर्दा गत महिनाको तुलनामा असार महिनाको पहिलो सातादेखि नै विस्तारै कोरोना संक्रमितको संख्या बढ्ने क्रममा देखिन्छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार गत सोमबार मात्र ४० जना नयाँ संक्रमित थपिएका थिए भने यो संख्या बुधबारसम्म आइपुग्दा बढेर ११३ जना पुगेको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७२४ परीक्षणमा ११३ जनामा संक्रमण भएको हो ।

जसमध्‍ये १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ९० जना र १ हजार १७५ जनाको एन्टिजेन परीक्षण गर्दा  ११३ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४७१ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.