चार दिनपछि आज विहान अर्को परकम्प

काठमाडौँ, ५ साउन । आज बिहान ८ बजेर ९ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु बनाएर ४.३ रिक्टर स्केलको परकम्प गएको छ । बिहानको परकम्प गत वैशाख १२ को ‘गोरखा भूकम्प’ कै परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । आज गएको परकम्प चार दिनपछि…

आज पनि जनकपुर बन्द

जनकपुरधाम, ५ साउन । मधेस अधिकार सङ्घर्ष समिति (मास)ले आज दोस्रो दिन पनि जनकपुर बन्दको कार्यक्रम यथावत राखेको छ । संविधानको प्रारम्भिक मस्यौदा मधेस विरोधी रहेको भन्दै मस्यौदामा मधेसको हक अधिकार, प्रदेशको नामाङ्कन, सीमाङ्कन र…

राप्रपा नेपालका कार्यकर्ताले मस्यौदा जलाए

काठमाडौं, ५ श्रावण । राप्रपा नेपालले राजधानीको नयाँ बानेश्वरमा संविधानको प्रस्तावित मस्यौदामाथि जनताको सुझाव संकलन भइरहँदा विरोध प्रदर्शन गरेको छ । महामन्त्री चन्द्रबहादुर गुरुङको नेतृत्वमा गएको टोलीले नयाँ बानेश्वर, थापा गाउँमा काठमाडौं…

उद्घाटन

संविधानको प्रारम्भिक मस्यौदामा रायसुझाव संकलन कार्यक्रमको गमलामा पानी हालेर उद्घाटन गर्नुहुँदै जेष्ठ सभासद् कुलबहादुर गुरुङ ।

सङ्क्रमणकालको अन्त्य हुँदैछ: अध्यक्ष ओली

दमक, ४ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विद्यमान सङ्क्रमणकाल अन्त्य हुनै लागेको बताउनुभएको छ । झापाको दमकमा आज दिउँसो पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले प्रमुख दलहरुबीच भएको १६ बुँदे सहमति ऐतिहासिक दस्तावेज भएको र त्यही…

साङ्केतिक भाषामा सुझाव बुझाउदै

आलापोट कागेश्वरी पुस्तकालय प्राङ्गणमा भएको संविधानको मस्यौदा विधेयकमाथिको सुझाव सङ्कलन कार्यक्रममा सहभागीलाई साङ्केतिक भाषामा सुझाव बुझाउदै महिला ।

सम्बोधन

संविधान प्रारम्भिक मस्यौदामाथि आज नेपालगन्जमा आयोजित जनताको सुझाव संकलन सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशील कोइराला ।

पूर्व सभासद् र प्रहरी निरीक्षकसहित पन्ध्र जना घाइते

गौशाला, ४ साउन । महोत्तरीको विभिन्न छ वटा निर्वाचन क्षेत्रमा नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदामाथि राय सुझाव सङ्कलनका क्रममा भएको झडपमा परी पूर्व सभासद् तथा प्रहरी निरीक्षकसहित १५ जना घाइते भएका छन् । जिल्लाको क्षेत्र नं ५ का राय…

संसारकै ज्येष्ठ नागरिक बाटुली लामिछाने

थानसिंग गाविस– ८ आपचौरका बाटुली लामिछाने अहिले ११२ वर्ष चार महिनाको हुनुभयो । उहाँले २०७० सालमा जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट लिनुभएको नागरिकता प्रमाणपत्रमा जन्म मिति विसं १९५७ चैत १० गते उल्लेख छ । अझै हट्टाकट्टा रहनुभएका बाटुली…

हिन्दू राज्य र धार्मिक स्वतन्त्रता बनाउन सुझाव

ललितपुर, ४ साउन । नेपालको संविधान–२०७२ को प्रारम्भिक मस्यौदाबारेमा थालनी गरिएको सुझाव सङ्कलनअन्तर्गत अधिकांश सहभागीले नेपाललाई हिन्दू राज्य र धार्मिक स्वतन्त्रता बनाउन सुझाव दिएका छन् । नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति संविधानको आज…