चार दिनपछि आज विहान अर्को परकम्प

0

काठमाडौँ, ५ साउन । आज बिहान ८ बजेर ९ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु बनाएर ४.३ रिक्टर स्केलको परकम्प गएको छ ।
बिहानको परकम्प गत वैशाख १२ को ‘गोरखा भूकम्प’ कै परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । आज गएको परकम्प चार दिनपछि गएको हो यसअघि यही साउन १ गते बिहान गोरखा केन्द्रबिन्दु भएर ४ रिक्टर स्केलको परकम्प गएको थियो ।
विनाशकारी भूकम्प गएको तीन महिना पुग्न लाग्दासमेत परकम्प जानेक्रम नरोकिए पनि क्रमिकरुपमा कम हुँदै गएका छन् । विनाशकारी ‘गोरखा भूकम्प’पछि चार रिक्टर र त्यसमाथिका झन्डै चारसय परकम्प गइसकेका छन् ।

Leave A Reply

Your email address will not be published.