धादिङ्ग समाज बेल्जियमको अध्यक्षमा रमेश दाहाल

0

धादिङ्ग समाज बेल्जियमको अध्यक्षमा रमेश दाहाल निर्बाचित हुनुभएकोछ। आज सोमबार एन्तवेर्पेनमा भएको समाजको तेश्रो अधिबेशनले अध्यक्षमा दाहाल सहित बरिष्ठ उपाध्यक्षमा हरि सिंखडा, उपाध्यक्षमा रुपेन्द्र दाहाल, रमेश अधिकारी, महासचिबमा तेज अर्याल, सचिबमा कबिता सिंखडा दाहाल,रन्जना न्यौपाने,कोषाध्यक्षमा गोपाल तामांग,र सहकोषाध्यक्षमा दीपक चन्द्र भट्टलाई सर्बसम्मत निर्बाचित गरेकोछ ।

त्यसै गरि सदस्यहरुमा बिशाल तिवारी, राजन दनै, भरत ढकाल,प्रेम गौली ,प्रमिला दुवाडी, सरिता दाहाल, केदार खकुराल,संदेश कोइराला,रुपा थापा, गजेन्द्र गुरुङ सर्बसम्मत चयन हुनुभएकोछ।

यस अघि भएको समाजको तेश्रो अधिबेशनको प्रमुख अतीथी बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्सालले पानसमा दीप प्रज्वलन गरि उद्घाटन गर्नुभएको थियो। राजदुत लम्साल लगायत एनआरएनए उपमहासचिव अनुजा प्रधान, अन्तर्राष्ट्रीय धादिङ्ग समाजका सल्लाहकार कासी दनै, एनआरएनए अध्यक्ष द्वय लोकेन्द्र नेपाल र कमल पन्थीका साथै बिभिन्न संघ संस्थाका अध्यक्ष एबम प्रतिनिधिहरुले समाजको अधिबेशन र नेपाली नयाँ बर्षको शुभकामना दिनुभएको थियो।

धादिङ्ग समाज बेल्जियमका अध्यक्ष कृष्ण न्यौपानेले आफ्नो कार्यकालमा समाजलाई सहयोग गर्ने सबैलाई धन्यबाद दिनुभएको थियो। न्यौपानेको शभापतित्वमा भएको कार्यक्रमको संचालन महासचिब हरि सिंखडा र स्वागत मन्तब्य कबिता सिंखडा दाहालले गर्नुभएको थियो।

Leave A Reply

Your email address will not be published.