राप्रपा नेपालका कार्यकर्ताले मस्यौदा जलाए

0

काठमाडौं, ५ श्रावण । राप्रपा नेपालले राजधानीको नयाँ बानेश्वरमा संविधानको प्रस्तावित मस्यौदामाथि जनताको सुझाव संकलन भइरहँदा विरोध प्रदर्शन गरेको छ । महामन्त्री चन्द्रबहादुर गुरुङको नेतृत्वमा गएको टोलीले नयाँ बानेश्वर, थापा गाउँमा काठमाडौं क्षेत्र नं. १ का जनताको राय सुझाव संकलन भइरहेको समयमा विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीले मस्यौदा च्यातेर जलाएका थिए भने हिन्दु राष्ट्र, संवैधानिक राजतन्त्रको पक्षमा नारावाजीसमेत गरेका थिए । प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रण गर्न सामान्य बल प्रयोग गरेको थियो । यस क्रममा केहीबेर झडपसमेत भएको थियो । झडपमा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालका काठमाडौं जिल्ला सभापति कैलाश कटुवाल घाइते भएका छन् । राप्रपा नेपालका सह–प्रवक्ता मोहन श्रेष्ठका अनुसार दिउँसो १ बजे राप्रपा नेपालको टोली बसन्तपुरमा पुगेर विरोध प्रदर्शन गर्नेछ ।

Leave A Reply

Your email address will not be published.